Home » विहिवारदेखी १५ जिल्लामा हात्तिपाईलेविरुद्वको औषधी वितरण

विहिवारदेखी १५ जिल्लामा हात्तिपाईलेविरुद्वको औषधी वितरण

by newnagarikdiary
0 comment

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि वितरण गरेको छ ।

विहिवारदेखि फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि विभिन्न १५ जिल्लामा वितरण गरिन लागेको मंत्रालयले जनाएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ ।

औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । सरकारले औषधि निःशुल्क उपलब्ध गराएको हो ।

Related Articles

Leave a Comment