Home » विहादी गाउँपालिकामा अब अनलाईन बाट व्यक्तिगत घटना दर्ता

विहादी गाउँपालिकामा अब अनलाईन बाट व्यक्तिगत घटना दर्ता

by newnagarikdiary
0 comment

पर्वत
पर्वतको विहादी गाउँपालिकामा अनलाईन बाट व्यक्तिगत घटना दर्ता गर्न शुरु गरिएको छ । गाउँपालिकाका सम्पुर्ण वडा कार्यलयबाट जन्म मृत्य विवाह सम्वन्ध विछेद र वसाइसराइ जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन इन्ट्री गरी प्रमाण पत्र वितरण गर्ने कार्य सुरु गरिएको हो । सरकारको कागज रहित सेवा प्रभाह गर्ने लक्ष्य अनुरुप जारी गरेको कार्ययोजना लाई मुर्तरुप दिन विहादी गाउँपालिकामा पनि अनलाईन घटना दर्ता कार्यको थालनी गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले विहादी गाउँपालिकाका ६ ओटै वडाहरुमा एकै साथ अनलाईन मार्फत व्यक्तिगत घटना दर्ताशुरुवात गर्नुभयो । शुरुवात गर्दै भुषालले अनलाईट घटना दर्ता गर्दा राज्यलाई व्यक्तिहरुका सम्पूर्ण घटना दर्ताको विवरण सहीरुपमा प्राप्त गर्न र कार्ययोजनाहरु बनाउन सहज हुनुका साथै सेवा प्रवाह चुस्तदुरुस्त बनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले विहादी गाउँवासीहरुले गाउँकार्यपाकिलाको कार्यालय बाट पाउने जुन सुकै सेवा हरु छिटो र छरितो बनाउन विभिन्न योजनाहरु अगाडी बढाएको बताउनुभयो ।
हस्तलिखित घटना दर्ता गर्दा धेरै त्रुटीहरु भएको र सेवाग्राहीले बेला–बेलामा आफ्नो विवरण सच्चाउँनका लागि सास्ति पाउनेगरेको भन्दै अनलाईन घटना दर्ताकार्यले यो झन्झट हटाउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका ६ ओटै वडाका वडा सचिवहरुलाई अनलाईन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम दिईएको छ । तालिम प्राप्त गरेपछि सचिवहरुले आफ्नो वडाकार्यालय बाट अनलाईन मार्फत व्यक्तिगत घटना दर्ताको काम गरेको प्रशिक्षक एवं् एम.आई.एस अपरेटर राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्धरा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण आयोजना संचालनगरी सबै वडा कार्यालय माफर्त अनलाई घटना दर्ताको काम भईरहेको छ ।

Related Articles

Leave a Comment