Home » विमानमै अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट विजय लामालाई लगायो उडानमा रोक

विमानमै अन्तर्वार्ता दिएको अभियोगमा निगमले पाइलट विजय लामालाई लगायो उडानमा रोक

by newnagarikdiary
0 comment

नियमनकारी निकायको अनुमति नलिई उडिरहेको विमानमै ककपिटमा अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो । विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा उल्लेख गरिएको छ । ५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए ।

निगमले ग्राउडेड गरेपछि पाइलट लामा मलेसियामा भइरहेको जल उद्धार तालिममा सहभागी हुन पाएनन् भने हाल उनलाई उडान रोस्टरमा पनि राखिएको छैन । लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए । कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ ।

Related Articles

Leave a Comment