Home » वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जनको एकतिसौं कृति ‘सपना गीति एल्बम’ सार्वजनिक

वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जनको एकतिसौं कृति ‘सपना गीति एल्बम’ सार्वजनिक

by newnagarikdiary
0 comment

वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को एकतिसौं कृति ‘सपना गीति एल्बम’ सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को एकतिसौं कृति ‘सपना गीति एल्बम’ सार्वजनिक गरेका हुन् । विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु भएक साहित्यकार महर्जनको निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने गीतकार डा. बरालले बताउनुभयो । सपना नामक गीति एल्बमले सफलता पाउने साहित्यकार सुरेन्द्र महर्जनले आशा गरेका छन् ।

सार्वजनिक सपना एल्बममा ‘आकाश छुने सपना’ बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत तथा एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ । दोस्रोमा ‘मायाले हँसाउँछ’ बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ ।

Related Articles

Leave a Comment