Home » वरिष्ठ कलाकार कृष्ण शिवकोटीले गरे १ सय पटक रक्तदान

वरिष्ठ कलाकार कृष्ण शिवकोटीले गरे १ सय पटक रक्तदान

by newnagarikdiary
0 comment

वरिष्ठ कलाकार कृष्ण शिवकोटीले गरे १ सय पटक रक्तदान गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका कलाकार कृष्ण शिवाकोटीले नेपालमा रगतको अभावमा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुने अवस्थामा आफूले सयौ पटक रक्दान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । कलाकार शिवाकोटीले सहयोगी भावना राखेर सबैलाई रक्दान जस्ता सामाजिक सेवामुलुक क्रियाकलापमा सहभागी हुन अनुरोध गरेका छन् ।

रक्तदान कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले ओ नेगेटिभ ए बि पोजेटिभ समुहको ब्ल्ड खोज्दा पनि नपाउने हुँदा ब्लड बैंक तथा विभिन्न संघ संस्थाले यस्ता कार्यक्रमहरुलाई थप बढाउनु पर्ने बताउनुभयो । उहाँले रगतको अभावलाई न्यूनिकरण गर्न सरकारले पनि थप सहज र सजिलो माध्यम स्थापित गराई रक्दान जस्ता कार्यक्रममा थप बढाउन संघ संस्था नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

नेपालमा विभिन्न गैरसरकारी संस्था,क्लव,आमा समुख, संगठनह तथा रेडक्रस स्काउट लगायतका विभिन्न संस्थाले समयसमयमा आयोजना गर्दै आएको रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । तर पावर पहुँच हुनेले ब्लड बैंकबाट रगत पाउने र आम नागरिकलाई देखिएको सकसलाई सहज बनाउनुपर्ने सामाजिक क्षेत्रमा सक्रिय नागरिकहरु बताउँछन् ।

Related Articles

Leave a Comment