Home » लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

by newnagarikdiary
0 comment

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी आज नियुक्त हुँदैछन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने तयारी छ । प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । तर त्यसको एक दिन अगाडि नै गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

Related Articles

Leave a Comment