Home » लायन्स क्लब अफ् पोखरा आखी झ्यालले दियो पर्वतको भंगराका १८० विद्यार्थीलाई न्यानो कपडा

लायन्स क्लब अफ् पोखरा आखी झ्यालले दियो पर्वतको भंगराका १८० विद्यार्थीलाई न्यानो कपडा

by newnagarikdiary
0 comment

लायन्स क्लब अफ् पोखरा आखी झ्याललाले पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगराका विभिन्न विद्यालयमा अध्ययनरत १ सय ८० भन्दा बढि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक सेवामा अग्रणी मानिने लायन्स क्लब अफ् पोखरा आखी झ्यालले भंगरा स्थित ग्रामोद्धय मा.वि. का १ सय ९,लिमि उल्लेरी आधारभुत विद्यालयका ४२, भवानी आधारभुत विद्यालयका १३, शारादा प्रा.वि.का २५, देउराली प्रा.वि. का १०, बेतेनी प्रा.वि.का १० गरि १८० विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।

विद्यार्थीहरुलाई चिसो बाट बच्नको लागि एक थान स्वीटर,टोपी लगाएतका न्यानो कपडा वितरण गरिएको लायन्स क्लब ड्रिस्ट्रिक ३२५ बि १ का कलष्टर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लायन मोहन सुवेदीले जानकारी दिनुभयो । चिसोका कारण विद्यार्थीहरु प्रभावित नहुन भनेर आफुहरुले विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको उहाँको भनाई थियो । लायन्स क्लबले गरिब तथा अति विपन्न परिवारलाई आर्थीक तथा भौतिक सहयोग गर्दै आएको बताउदै उहाँले लायन्स क्लब सदैव सामाजिक सेवामा समर्पित रहेको र आगामी दिनमा स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविर पनि सञ्चालन समेत गर्ने तयारी गरेको बताउनुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा कार्यक्रम संयोजक लायन अग्नि भुषाल, ग्रामोद्धय मा.वि.का प्र.अ. कृष्ण प्रसाद सापकोटा, भंगरा पोखरा सम्पर्क समाजका अध्यक्ष नविन क्षेत्री लगाएतले बोल्नुभएको थियो ।
लायन्स क्लब अफ् पोखरा आखी झ्यालका अध्यक्ष लायन दयाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रदिप भुजेल र कार्यक्रम सञ्चालन सचिव जगत पौडेलले गर्नुभएको थियो ।

Related Articles

Leave a Comment