Home » ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की विजयी

ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की विजयी

by newnagarikdiary
0 comment

ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल भारी मतान्तरका साथ पराजित भएका हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । यता उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले ललितपुर ३मा जित हासील गरेकी थिईन् ।

Related Articles

Leave a Comment