Home » रेसुङ्गा नगरपालिकाले दियो जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन

रेसुङ्गा नगरपालिकाले दियो जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन

by newnagarikdiary
0 comment

गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्ला अस्पताल गुल्मीलाई पाँच वटा डायलासिस मेसिन उपलब्ध गराएको छ ।

शुक्रबार विश्‍व स्वाथ्य दिवसको अवसर पारेर पालिका प्रमुख खिलध्वज पन्थीले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र केसीलाई मेसिन हस्तान्तरण गरेका हुन्।

पन्थीका अनुसार र डायलासिस मेसिन संचालनको निम्ति नगरपालिकाले जनशक्तिलाई तालिममा पठाइसकेको छ।

‘क्रमशः पूरा गर्दै छौँ,निर्वाचनमा गरेका वाचा अनि कार्यपालिका निर्णयहरू, मिर्गौलाका बिरामीहरू बढिरहेको अवस्थामा जिल्लावासी आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा हामी स्वास्थ्य क्षेत्रमा केन्द्रित छौँ,’ नगरपालिका प्रमुख पन्थीले भने।

यो कार्यले गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा रहेका मिर्गौला बिरामीहरूलाई डायलासिस सेवाले राहत पुग्ने छ। जनशक्ति प्रशिक्षित भएपछि केही दिनमा नै जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु हुने नगरप्रमुख पन्थीले बताए।

रेसुङगा नगरपालिकाले ६५ लाख ३६ हजार रुपैयाँमा पाँच वटा मेसिन खरिद गरेको बताएको छ ।

Related Articles

Leave a Comment