Home » रेसुङ्गा नगरपालिकामा ३६० मिटरको झोलुङ्गे पुल निर्माण हुने

रेसुङ्गा नगरपालिकामा ३६० मिटरको झोलुङ्गे पुल निर्माण हुने

by newnagarikdiary
0 comment

रेसुङ्गा नगरपालिकामा ३६० मिटरको झोलुङ्गे पुल निर्माण हुने

रेसुङ्गा नगरपालिका वडा नम्बर-२ उदिनढुङ्गा र वडा नम्बर-७ साखिनेडाँडा जोड्ने ३६० मिटर लम्बाई भएको झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले आर्थिक वर्ष २०७९/०८० को बजेटबाट एक करोड ८४ लाख लागतमा उक्त पुल निर्माण हुन लागेको जानकारी दिए । तम्घास तथा रेसुङ्गा नगरपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ पुल निर्माण गर्न लागिएको पन्थीले बताए ।

गुणस्तर कायम गरि समयमै पुल निर्माण हुने विश्वास पालिकाले लिएको छ ।

Related Articles

Leave a Comment