Home » रेसुङ्गा नगरपालिकामा लोकसेवाको निशुल्क कक्षा सुरु

रेसुङ्गा नगरपालिकामा लोकसेवाको निशुल्क कक्षा सुरु

by newnagarikdiary
0 comment

गुल्मीको रेसुंगा नगरपालिकाले सरकारी सेवामा प्रवेश गर्न चाहने नागरिकका लागि लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरू गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सरकारी सेवामा जान चाहने विद्यार्थीलाई निःशुल्क तयारी कक्षा सुरू गरेको जानकारी गराएका हुन्।

यो नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रममा निःशुल्क लोक सेवा तथा शिक्षक सेवा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको थियो।

तयारी कक्षा लिन महँगो शुल्क तिरी जिल्ला बाहिर काठमाडौ, बुटवल लगायतका क्षेत्रमा जानुपर्ने बाध्यतालाई निराकरण गर्न, गरिब तथा जेहेन्दार विद्यार्थीमा पहुँच पुर्‍याउन कार्यक्रमले सहयोग पुग्ने पन्थीले बताए।

यी तयारी कक्षाहरू भौतिक र अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने उनले बताएका छन्। पहिलो चरणमा तयारी कक्षामा शिक्षा सेवा तर्फका ६७ जना र लोकसेवा तर्फका १६७ जना गरी जम्मा २३४ जना रहेको नगरपालिकाले जनाएको छ।

Related Articles

Leave a Comment