Home » रेसुङ्गा नगरपालिकाको पहलकदमीमा गुल्मीको रेसुङ्गा विमानस्थलमा बुधबारदेखी नियमित उडान

रेसुङ्गा नगरपालिकाको पहलकदमीमा गुल्मीको रेसुङ्गा विमानस्थलमा बुधबारदेखी नियमित उडान

by newnagarikdiary
0 comment

गुल्मी जिल्लाको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ । त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रतिउडान/अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो । काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । नियमित उडान सफल भएमा गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका यात्रुले सेवा पाउँछन् । गुल्मीमा यसअघि इलाम र बागलुङमा अपनाइएको अवधारणामा उडान हुन लागेको हो । ती दुई विमानस्थलले भने नियमित यात्रु पाउन भने सकेनन् । सोहीकारण सम्झौता सकिएपछि त्यहा उडान समेत हुन सकेको छैन । गुल्मी विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेको यो विमानस्थल ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग बनेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्तो जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग छन् । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले हरपल प्रयासमा विमानस्थलले सार्थकता पाउने भएको छ ।

Related Articles

Leave a Comment