Home » रेसुङगा विमाास्थलमा डेमाे उडान, अब नियमित उडान हुने

रेसुङगा विमाास्थलमा डेमाे उडान, अब नियमित उडान हुने

by newnagarikdiary
0 comment

गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान भएकाे छ ।

यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गरेकाे हाे ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् ।

Related Articles

Leave a Comment