Home » राष्ट्रिय स्तरको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने

राष्ट्रिय स्तरको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने

by newnagarikdiary
0 comment

राष्ट्रिय स्तरको केपी ओली कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

आयोजक एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने घोषणा गरेको हो । आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेभित्र टिम दर्ता गर्नु पर्नेछ

फुटबल प्रतियोगिताले नेपाली खेलकुदमा योगदान पुग्ने उदेश्यका साथ केपी ओलि कप आयोजना गर्न लागेका युवा संघले जनाएको छ ।

Related Articles

Leave a Comment