Home » राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणापत्र सार्वजनिक

by newnagarikdiary
0 comment

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारेको छ ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय उठाएको छ । राप्रपाले घोषणापत्रमा २०४६ पछिका उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पती छानबिन गरि अवैध सम्पती जफत गर्नुपर्ने, भ्रष्टाचारमुक्त, पारदर्शी शासन पद्धती व्यवहारमा लागू गर्ने लेखेको छ । राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्। राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ।

Related Articles

Leave a Comment