Home » राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको भवन उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पतालको भवन उद्घाटन

by newnagarikdiary
0 comment

राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेकी छिन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा नवनिर्मित भवन उद्घाटन गर्दै उनले संघीयताको अवधारणा अनुसार मुलुकका सबै प्रदेशलाई सुविधा सम्पन्न बनाउनु आजको आवश्यकता रहेको बताएकी हुन् । संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हक अन्तर्गतको गुणस्तरीय स्वास्थ्य सेवाको प्राप्तिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सदैव सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले रोग नलाग्नु मात्र स्वास्थ्य नभएको बताइन् ।
शारीरिक र मानसिक रुपमा तन्दुरुस्त एवम् सकारात्मक रहन सक्नु वास्तविक अर्थमा स्वास्थ भएको उनको भनाइ छ ।

Related Articles

Leave a Comment