Home » राष्ट्रपति बारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक

राष्ट्रपति बारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक

by newnagarikdiary
0 comment

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ ।

बैठक बुधबार दिउँसो एक बजे बस्ने पार्टीका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । मनोनयको समय नजिकिंदै गर्दा एकाएक नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको नाम पछिल्लो समय सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्तावमा चर्चामा आएसंगै नेकपा एकिकृत समाजवादीले आज बैठक बोलाएको हो ।

राष्ट्रपतिकै विषयलाई लिएर एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबिचको भेट पनि बाक्लिएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलि सार्वजनिक गरिसकेको छ ।

Related Articles

Leave a Comment