Home » राष्ट्रपति निर्वाचनमा विषयक प्रधानमन्त्री र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

राष्ट्रपति निर्वाचनमा विषयक प्रधानमन्त्री र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

by newnagarikdiary
0 comment

शिर्षक: राष्ट्रपति निर्वाचनमा विषयक प्रधानमन्त्री र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लाग चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग बुधबार बिहान बालुवाटारमा पुगेर राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन् ।

सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन् ।

छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग माघ २ गतेको भेटमा बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल-चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए । हाल राष्ट्रपति निर्वाचनमा छिमेकी मुलुक चीन,भारत, अमेरिकादेखि युरोपियन युनियनको चासो बढेकव छ ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाल आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकी राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टारिया नुल्यान्ड, राष्ट्रिय सुरक्षापरिषद्मा रहेकी मन्त्रीस्तरकै यूएसएडकी प्रशासक समान्था पावर, दक्षिण तथा मध्यएसियाली मामिला हर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरलगायतका नेपाल आएका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ताको मिति तय गरिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।

Related Articles

Leave a Comment