Home » राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव गरेको छैन : झलनाथ खनाल

राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव गरेको छैन : झलनाथ खनाल

by newnagarikdiary
0 comment

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि प्रस्ताव नगरेको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकको निर्णयपछी पत्रकारहरूसँग कुराकानी गर्दै सम्मानित नेता झलनाथ खनाल र प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको दाबी गरेका हुन् । नेता खनालले सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गरेको तर राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे माधव कुमार नेपाल मौन बसेको कारण राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गरेर मात्र नोडमा पुग्ने बताउनुभएको छ । खनालले एमालेसँग एकता गर्ने कुनै आधार नभएका कारण हाल पार्टी एकता नहुने बताउनुभयो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको बताए । पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने र दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने । खतिवडाले राष्ट्रपतिमा कसैले प्रस्ताव गरे धारणा बनाउने बताउँदै हालसम्म राष्ट्रपतिमा कसैले पनि अहिलेसम्म पार्टीलाई प्रस्ताव नगरेको बताउनुभएको छ । राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि भेटवार्ता भएको र उक्त भेटमा अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको खबर आएका थिए ।

Related Articles

Leave a Comment