Home » राष्ट्रपतिकाे घर बनाईदिने सरकारकाे तयारी

राष्ट्रपतिकाे घर बनाईदिने सरकारकाे तयारी

by newnagarikdiary
0 comment

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि निवास निर्माण गरिदिने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो ।

सरकारले सरकारी जग्गामा भवन बनाएर राष्ट्रपति भण्डारीलाई अवकाशपछि व्यवस्थापन गर्न लागेको भने होइन । अहिले राष्ट्रपतिको परिवारका सदस्यको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गामा नै सरकारले निवास निर्माण गरिदिने गरी प्रस्ताव आएको हो ।

‘अवकाश पाएपछि उहाँको सम्मान र सुरक्षाको दृष्टिकोणले समेत सुरक्षाकर्मीको टुकडी उहाँको निवासमा बस्नुपर्ने हुन्छ । अहिलेको उहाँको निजी घर निकै साँघुरो भएकाले उनीहरुलाई व्यवस्थापन गर्न सम्भव हुने देखिएन’, शितलनिवासको सन्देश उधृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसैले उहाँको नाममा रहेको जग्गामा सुरक्षाकर्मीको टोलीसमेत व्यवस्थापन हुनेगरी निवास, सुरक्षाकर्मीहरुको क्वार्टर र पहरा दिने संरचना निर्माण गरिदिन प्रस्ताव आएको हो ।’

शितलनिवासबाट अनौपचारिक रुपमा आएको प्रस्तावलाई प्रधानमन्त्री कार्यालयमै टाइप गरेर नोटजस्तो बनाइएको छ | राष्ट्रपतिज्यूको अवकाशपछिको सुरक्षा र व्यवस्थापनका लागि भन्दै मौखिक र अनौपचारिक रुपमा पटकपटक यसवारे निर्णय गरिदिनु भन्ने प्रस्ताव आएको स्रोतले बतायो ।

सरकारले अवकाशप्राप्त विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीहरुको सेवा सुविधासम्बन्धी छुट्टै कानूनी व्यवस्था भने गर्न सकेको छैन । अहिलेसम्म पूर्वविशिष्ट पदाधिकारीहरुको सुविधाका वारेमा भएका निर्णयहरु कार्यकारी प्रकृतिका छन् ।

अवकाश पाएका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरुले मन्त्रिपरिषदको निर्णयका आधारमा सुरक्षाकर्मी, घरभाडा, गाडी, इन्धन, सचिवालयका कर्मचारीहरु प्रयोग गर्दै आइरहेका छन् । कतिपय पूर्वपदाधिकारीहरुले निर्णयभन्दा बढी सुविधासमेत लिएका छन् ।

अहिले पूर्वराष्ट्रपतिले सचिवालयका लागि दुई कर्मचारी पाउँछन् । सुरक्षाको लागि सेनाको १०÷१२ जनाको टुकडी रहन्छ । बहालवाला राष्ट्रपतिको पारिश्रमिकको आधा हुनेगरी भत्ता, पत्रपत्रिका, टेलिफोन, सवारीसाधन र इन्धनको सुविधाको व्यवस्था गरिएको छ ।

Related Articles

Leave a Comment