Home » रानीपोखरीमा छठ मनाउन नपाईने

रानीपोखरीमा छठ मनाउन नपाईने

by newnagarikdiary
0 comment

पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ ।

 

पुनर्निर्माणका क्रममा रानी पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले छठ बनाउन नदिने महानगरले बताएको छ ।

 

कमल पोखरीसहित महानगरमा रहेका अरु पोखरी तथा खोला नदी किनारमा छठ मनाउन आवश्यक तयारी भइरहेको महानगरले बताएको छ । रानी पोखरी पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरे पनि त्यसको संरक्षणको जिम्मेवारी महानगरपालिकामा छ ।

Related Articles

Leave a Comment