Home » रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम

रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम

by newnagarikdiary
0 comment

रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ ।

लामिछाने आज नागरिकता पुन: कायमको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यलय काठमाडौं पुगेका थिए । यसलगत्तै लामिछानेको नागरिकता पुन प्राप्ती भएको छ । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनले मन्त्री र सांसद पद गुमाएका छन् ।

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । चितवन-२ बाट रविले दोब्बर मतान्तरमा चुनाव जितेका थिए ।

Related Articles

Leave a Comment