Home » रवि भन्छन् रमेस र स्वर्णीम ईनिङ्स जनाउ घण्टी पार्टी ठूलाे दल बन्छ

रवि भन्छन् रमेस र स्वर्णीम ईनिङ्स जनाउ घण्टी पार्टी ठूलाे दल बन्छ

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।

पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गर्नुभएको छ । लामिछानेले स्वर्णीम वाग्ले र रमेश खरेल जस्ता क्षमतावान व्यक्तीलाई मुलुकको नेतृत्वको लागि अगाडी सार्नु गौरवको विषय रहेको बताए ।

रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा स्वर्णिम वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको बताए । वाग्लेले चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको र सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने तर्क वाग्लेले गरे । विश्व राजनीतिमा आएको फेरबदललाई नेपालले आफ्नो हितमा सदुपयोग गर्नुपर्ने बताउँदै नेपालजस्तो सानो देशले कसरी जोगिएर शक्तिशाली राष्ट्रबाट फाइदा लिनेतिर अग्रसर हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले अहिले भइरहेको राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताए छ । देशमा अहिले सुशासनको खाँचो रहेको बताउँदै देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न, देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए ।

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र भएको बताउँदै रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने बताए । गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित हुनुभएको थियो । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उहाँको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुने भएको हो । नेपाली कांग्रेस परित्याग गरेका डा।स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको हो ।

Related Articles

Leave a Comment