Home » माधव कुमार नेपालको चर्चा अबको राष्ट्रपति

माधव कुमार नेपालको चर्चा अबको राष्ट्रपति

by newnagarikdiary
0 comment

केन्द्रमा सत्ता समिकरण बदलिएसंगै प्रदेश समिकरण र संवैधानीक पदमा दावी पनि परिवर्तन भएको छ

अव राष्ट्रपति,उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता पदहरु कुन पार्टीको भागमा पर्ला भन्ने चासो बढ्दो छ । नयाँ सत्ता समीकरणको टुङ्गो लागेसंगै सत्ता साझेदार दलहरु सरकार गठनमा लागेका छन् । यसै बिचमा अबको राष्ट्रपती सभामुख उपसभामुख राषंट्रिय सभाको अध्यक्ष जस्ता पद बाँडपाँड हुन भने बाँकी छ । सहमतिअनुसार पहिलो कार्यकालमा प्रधानमन्त्री माओवादी केन्द्रले पाएको छ । राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति सत्ता साझेदार दलहरुमा छ । एमालेले राष्ट्रपति पाउने भएपछि त्यसका लागि केही आकांक्षी देखिएका छन् । वर्तमान राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो तेस्रो पटक राष्ट्रपति हुन नपाउने भएकाले एमालेले नयाँ उम्मेदवार मैदानमा ल्याउनुपर्ने छ । राष्ट्रपतिको रुपमा बलियो दावेदार एमाले उपाध्यक्ष नेम्वाङ बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य रहेपनि माधव कुमार नेपाललाई पनि सरकारमा सहभागी गराउने छलफल जारी रहेका कारण माधव कुमार नेपाल राषंट्रपति नभए मात्र दोस्रो तहमा छलफल हुने देखिन्छ ।

भने सभामुखका लागि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ बलियो दाबेदार हुनुहुन्छ । उपमहासचिव रहेका गुरुङ ओलीनिकट पनि हुनुहुन्छ । एमाले अध्यक्ष ओलीसँग प्रष्ट कुरा गर्न सक्ने र एमाले माओवादी मिल्नुपर्ने लबिङ गर्दै आएका गुरुङलाई माओवादीले पनि स्वीकार गर्ने देखिन्छ। यसैगरी एमालेभित्रै सभामुखका लागि विद्या भट्टराई र रघुवीर महासेठ पनि उम्मेदवारको रुपमा अघि सर्न सक्ने देखिन्छ । रवीन्द्र अधिकारीको मृत्युपछि संसदीय राजनीतिमा आएकी भट्टराई काम गरेका अधिकारीको मृत्युका कारण पनि उहाँलाई ओलीले स्पेस दिनसक्ने देखिन्छ । उपराष्ट्रपति र उपसभामुखमा भने कुनै सहमति भएको सार्वजनिक भएको छैन । उपसभामुख फरक दलको बनाउनुपर्ने भएकाले राप्रपा वा रास्वपालाई दिनुपर्ने छ । एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दलहरु आगामी सरकारमा सहभागी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पुर्‍याउन सहयोग गर्ने पार्टीको निर्णय छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख ९पहिलो आधा कार्यकाल एमालेको भागमा परेको छ । यससँगै एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकांक्षीबारे चर्चा सुरु भएको हो । बिहीबार बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजक बनाईएको छ ।

बैठकले मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिनुभएको छ । बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको छ भने मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल सत्ता गठबन्धनको निर्णय भएको गृहम मन्त्री रवि लामिछानेले बताउनुभएको छ ।

Related Articles

Leave a Comment