Home » माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने

माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन समीक्षा, सांगठानीक अवस्था र पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न बसेको स्थायी कमिटी बैठकले स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्नेगरी राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ ।

यस्तै स्थायी कमिटीको बैठकका संयोजक पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताका लागि दलहरुसँग भएका पछिल्ला प्रयासहरुबारे बिफिङ गरेका हुन् । उहाँले माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास गरिरहेको बताउँदै बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको बताएका हुन् नेकपा एस, विप्लवलगायतका दलहरुसँग पनि संवाद जारी राखेको महाराले जानकारी दिनुभयो । पार्टी एकताको लागि यसअघि नै महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतको पाँच सदस्यीय कार्यदल बनाएको थियो ।

बैठकमा पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण र विस्तारलगायतको विषयमा छलफल भएको छ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनलगायत समसामयिक विषयमाथि छलफल भएको छ । भने निर्वाचन समीक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी बैठकको पहिलो दिन अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए । दोस्रो दिनको बैठकमा गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीभित्र असहयोग र अन्तर्घात गर्नेहरुमाथि छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने प्रस्ताव नेताहरुले अगाडी सारेका छन् ।

Related Articles

Leave a Comment