Home » भारतका विदेश सचिव विनय मोहन आज नेपाल आउदै

भारतका विदेश सचिव विनय मोहन आज नेपाल आउदै

by newnagarikdiary
0 comment

भारतका विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउदैछन् । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणमा काठमाडौ आउन लागेका हुन् ।क्वात्राको भ्रमणमा नेपाल र भारतका परराष्ट्र सचिवबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो भ्रमण दुई मित्रवत छिमेकीहबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता रहेको र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर हुने मन्त्रालयले जनाएको छ ।४ मंसिरमा आमनिर्वाचन सम्पन्न भएर नयाँ राष्ट्रपतिको चयन हुन लागेकाे बेला भारतबाट हुन लागेको यस भ्रमणलाई राजनीतिक महत्वका हिसाबले हेरिएको छ । विदेश सचिव क्वात्रा यस अघि नेपालका लागि राजदुत समेत हुन् । क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतकाे औपचारिक भ्रमणको निम्ताे दिने चर्चा छ ।

Related Articles

Leave a Comment