Home » भण्डारीका स्वकिय सचिव बोधराज: बोल्ने खान थाल्नुभयो स्वास्थ्यमा राम्रो सुधार छ

भण्डारीका स्वकिय सचिव बोधराज: बोल्ने खान थाल्नुभयो स्वास्थ्यमा राम्रो सुधार छ

by newnagarikdiary
0 comment

माननिय डा. चन्द्र भण्डारी स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको छ ।

भण्डारी अस्पताल भर्नाको आठौं दिन पुगेको छ । उनको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएको छ । माननिय भण्डारीका स्वकिय सचिव बोधराज कंडेलका अनुसार हाल पारामिटरहरु सामान्य रहेको छन्।

अक्सिजन हिजोकै रहेको छ । पिसाब सामान्य रहेको छ। बिहिवार दोस्रो ड्रेसिङ भएको र शरीरले ग्राफ्टिङ लाई पनि राम्रो संग प्रतिकृया गरेको छ ।

भण्डारीका स्वकिय सचिव बोधराज कंडेलले नागरिक डायरी संग कुराकानी गर्दै भने उहाँ राम्रो संग बोल्ने र खाना खाने गर्नुभएको छ। चिन्ताको विषय छैनन् उहाँको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको छ। यसको मतलब अहिले सम्म कुनै जटिलता देखिएको छैन।अवस्था राम्रोसँग सुधारिएको छ। सबै ठीक छ ।

Related Articles

Leave a Comment