Home » बारा २ मा कांग्रेसको उपेन्द्रलाई समर्थन

बारा २ मा कांग्रेसको उपेन्द्रलाई समर्थन

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले बारा, चितवन र तनहुँमा ०७९ को निर्वाचनमा भन्दा पहिला स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेको नेताहरुमाथि गगरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल भएको कांग्रेस सचिवालयले बताएको छ ।

आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Comment