Home » बागमती प्रदेश सभाको सभामुखमा उम्मेद्वारी दर्ता आज

बागमती प्रदेश सभाको सभामुखमा उम्मेद्वारी दर्ता आज

by newnagarikdiary
0 comment

<img src="https://nagarikdiary.com/wp-content/uploads/2023/01/received_550494546789380-300×136.jpeg" alt="" width="300" height="136" class="alignnone size-medium wp-image-4562२८ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन ।

आज बागम्ती प्रदेशको सभामुखको लागि उम्मेद्वारी दर्ता हुने भएको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बागम्तीको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
पाठक निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी रहको छ ।

प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

Related Articles

Leave a Comment