Home » फेदीखोलामा कार्यपालिका बैठकको माग राख्दै ध्यानाकर्ष

फेदीखोलामा कार्यपालिका बैठकको माग राख्दै ध्यानाकर्ष

by newnagarikdiary
0 comment

जेठ २३ स्याङ्जा । स्याङजाको फेदीखोला गाउँपालिकामा कार्यपालिका बैठकको माग राख्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनीधिले ध्यानाकर्षण गराएका छन् ।

गाउँ कार्यपालिकाले पूर्णता पाएको झण्डै १० दिन बढी समय भैसक्दापनि पालिकाले बैठक नडाकेको भन्दै नेपाली कांग्रेसका ९ जना कार्यपालिका सदस्यहरुले सोमबार फेदीखोला गाउँपालिकाका प्रशासकिय अधिकृत चिरञ्जिबी बराललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा जेठ ११ गते पूर्णता पाएको कार्यपालिकाले हालसम्मपनि प्रथम बैठक समेत नडाक्दा जनतासंग प्रत्यक्ष सरोकार राख्ने नीति, कार्यक्रम, योजना र बजेट निर्माण लगायतका काम प्रभावित भएको उल्लेख गरिएको छ ।

पत्रमा ‘राजनीतिको सामान्य संस्कारलाई वेवास्ता गर्दै आजका मितिसम्मपनि बैठक नवोलाइएको र जनतासंग प्रत्यक्ष सरोकार राख्ने नीति कार्यक्रम योजना र बजट निर्माणमा संलग्न हुनुपर्नेमा यसलाई अन्यथा गरिएकाले तुरुन्तै बैठक राखी नीति निर्माण र बजेट निर्माणमा संलग्न हुन र जनताको अभिमतको कदर गर्न सम्बन्धीत पक्षलाई आग्रह गर्दछौं ।’ भनिएको छ ।

पत्रमा वडा नम्वर १ का अध्यक्ष अमृत क्षेत्री , वडा नं ४ का ख्यामप्रसाद पौडेल, ५ का डिलबहादुर गुरुङ, कार्यपालिका सदस्य टेकमाया गुरुङ पुजा, सम्झना विक सुनार , समिता मिजार, पार्वती कुमारी क्षेत्री, सीमा विक र काले सार्कीले हस्ताक्षर गरेका छन् ।

फेदीखोला गाउँ कार्यपालिकामा नेपाली कांग्रेसबाट १० र नेकपा एमालेबाट ३ जना कार्यपालिका सदस्य छन् ।

 

Related Articles

Leave a Comment