Home » प्रधानमन्त्री पुष्पकमल दाहालले भने फेरि वाम गठबन्धन निर्माणको बाटो खुल्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले भने फेरि वाम गठबन्धन निर्माणको बाटो खुल्यो

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि वाम गठबन्धन निर्माणको बाटो खुलेको बताएका छन् ।

पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री दाहालले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउन अन्तिम समयसम्म आफूहरूले पहल र प्रयत्न गरे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारणले गठबन्धन टुट्न पुगेको निष्कर्ष सुनाएका थिए । साथै दाहालले आफू नेतृत्वको सरकारसामु चुनौतीको चाङ रहेको पनि सुनाएका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको अपेक्षा अनुसार तीव्र विकास र सम्बृद्धि हासिल गर्नुपर्ने चुनैतीहरु देखा परे पनि प्राप्त अवसर र चुनौतीलाई जनअपेक्षा अनुसार परिणाममा बदल्न समयवद्ध तरिकाले अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

Related Articles

Leave a Comment