Home » प्रधानमन्त्री कपको उपाधी एपीएफलाई

प्रधानमन्त्री कपको उपाधी एपीएफलाई

by newnagarikdiary
0 comment

प्रधानमन्त्री कपको उपाधी एपीएफले हात पारेको छ ।

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले प्रधानमन्त्री कपको उपाधी जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा जितका लागि पाएको १८० रनको सामान्य लक्ष्य एपीएफले ३८–३ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको हो ।

एपीएफलाई जिताउन भुवन कार्कीले ५५ तथा सुमित महर्जनले ३४ रन बनाए । ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाएका भुवन विजयी रन लिने क्रममा रनआउट भएका थिए ।

Related Articles

Leave a Comment