Home » प्रदेश १ को अधिवेशन असोज २२ गते आह्वान

प्रदेश १ को अधिवेशन असोज २२ गते आह्वान

by newnagarikdiary
0 comment

प्रदेश १ सरकारले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २२ गतेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सुहाङका अनुसार असोज २२ गते शुरु हुने प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा परेका आचार्यको पक्षमा ४१ सांसद छन् ।

काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जाना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

Related Articles

Leave a Comment