Home » पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घीय सरकार सँग माग

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सङ्घीय सरकार सँग माग

by newnagarikdiary
0 comment

गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न सङ्घीय सरकारलाई अनुरोध गरेको छ ।

पोखरालाई पर्यटकीय राजधानी बनाउन के के आवश्यक रहेका हुन्छन् भनेर आवश्यक मापदण्डको लागि प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मा समेत दिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताउनुभयो ।

आर्थिक सायायता कार्यविधि अन्तर्गत प्रदेश २० जना नागरिकहरूलाई १३ लाख ५० हजार औषधी तथा उपचार सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ । न्यूनतम ५० हजार देखि १ लाख सम्म पाउने गरी यो निर्णय गरिएको खड्काले बताउनुभयो ।

प्रदेश सरकारको कात्तिक २९ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार मन्त्री समेत रहनुभएका मन्त्री खड्काले भन्नुभयो “अब प्रदेशलाई पेपरलेस बनाउने तयारीमा रहेको बताउनुभयो । “अव प्रदेशलाई डिजिटल गण्डकी प्रदेश बनाउने तयारी भइरहेको छ । जस अन्तर्गत निर्देशन समिति निमार्ण र कार्यान्वयन गर्न अर्को समिति बनाउने निर्णय गरेको छ ।  ”

वित्तीय सुशासन कार्यविधि  वित्तीय जोखिम न्यूनीकरण कार्यविधि पास गर्ने निर्णय समेत गरेको छ । जस अनुसार प्रदेश वित्तलाई पारदर्शी बनाउने र कार्य योजना  अगाडि सारेको छ ।

Related Articles

Leave a Comment