Home » पोखरामा स्विमिङ पुलमा डुबेर किशोरको मृत्यू

पोखरामा स्विमिङ पुलमा डुबेर किशोरको मृत्यू

by newnagarikdiary
0 comment

असार ४ पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यू भएको छ । पोखरा तेर्सापट्टीस्थित सि।एम। स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षिय दीपेश शर्माको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

गर्मी छल्न किशोर आमा र भाईहरुसँग स्विमिङ पुल गएका थिए । त्यहाँ स्विमिङ गर्दागर्दै उनी एक्कासी पानीमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । आमाको ध्यान साना बालकहरुतिर गएकाले किशोर डुबेको केहि समयपछि मात्रै थाहा पाएकी थिईन् ।

जसका कारण केहि ढिलो गरेर मात्र उनको उद्धार गरिएको प्रत्यक्षदर्शीको भनाई छ । उद्धार लगत्तै उनलाई पेट थिचेर पानी छदाएको र उपचारका लागि पोखरा–४ गैह्रापाटनस्थित फिस्टेल हस्पिटल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Comment