Home » पूर्व बजेटमाथि पोखरा अनुसन्धान केन्द्रमा छलफल

पूर्व बजेटमाथि पोखरा अनुसन्धान केन्द्रमा छलफल

by newnagarikdiary
0 comment

जेठ २३ पोखरा । पोखरामा सोमबार पूर्व बजेटका विषयमा छलफल भएको छ । पोखरा अनुसन्धान केन्द्रको पहलमा विगत ५ वर्षको बजेट विनियोजनमा केन्द्रित रहेर छलफल भएको हो ।

सरकारले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास,लगायतका क्षेत्रका लागि विनियोजन गरेको बजेटका विषयमा छलफल भएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले गण्डकी प्रदेशको शिक्षा क्षेत्रका विभिन्न योजना, उद्यमशीलता र स्थानीय आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिए ।

यस्तै प्रादेशिक बजेटले केन्द्र र स्थानीय बजेट विनियोजन बीचको विकासको खाडले पूर्ति गर्नुपर्ने , बजेटमा प्रादेशिक विशिष्टीकरण योजनालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहको सम्भाव्यतालाई ध्यानमा राखेर बजेट विनियोजन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

विभिन्न क्षेत्रका २५ जना बढीको सहभागिता रहेको कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका पूर्व संसदीय सहयोग कार्यक्रम, गण्डकी २०२१÷२२ का १३ प्रशिक्षार्थीले तयार पारेको विगत ५ वर्षको बजेट विनियोजन र बजेट कार्यान्यनको समिक्षात्मक अनुशन्धन रिपोर्ट प्रस्तुत गरेका थिए ।

केन्द्रले गण्डकी प्रदेश र पोखरा महानगरपालिकामा सुशासन सहितको आर्थिक स्वतन्त्रता निर्माण र प्रर्वद्धन गर्न घरेलु सार्वजनिक नीतिमा काम गर्ने ‘थिंक ट्याङ्क’ को रुपमा काम गरिरहेको दावी गरेको छ ।

Related Articles

Leave a Comment