Home » पुन नागरिकता लिएर उपनिर्वाचनमा रवि सहभागी हुन पाउने

पुन नागरिकता लिएर उपनिर्वाचनमा रवि सहभागी हुन पाउने

by newnagarikdiary
0 comment

रवि लामिछाने पुन नागरिकता लिएर उपनिर्वाचनमा सहभागी हुन सक्ने छन् ।

सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप-निर्वाचन लड्न पाउने गृह मन्त्त्रालयले।बताएको छ ।

उनका अनुसार प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपि जारी गरेर उनले नागरिकता लिन पाउनेछन् । त्यसै आधारमा उप–निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

निर्वाचन आयोगका एक निर्वाचन आयुक्तका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले उप–निर्वाचन गर्नुपर्नेछ । उप–निर्वाचनको मिति घोषणा भएपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि त्यसै आधारमा उम्मेदवारी दिएर उप–निर्वाचन लड्न उनलाई कुनै बाधा पर्नेछैन ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

Related Articles

Leave a Comment