Home » पाल्पा बस दुर्घटना ५ जनाको मृत्यु थपको उद्दार जारी

पाल्पा बस दुर्घटना ५ जनाको मृत्यु थपको उद्दार जारी

by newnagarikdiary
0 comment

बुलिङटारमा बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आज विहान दुर्घटना भएको हाे। ना ६ ख ७५८० नम्बरको बस बुलिङटार गाउँपालिका- २ मथारमा दुर्घटनामा भएकाे हाे ।

मनकामना मन्दिर दर्शनको लागि यात्रु लिएर हिडेको बस कालीगण्डकी करिडोर नजिक बुलिङटार गाउँपालिका- २ मथारमा बिहान ४ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ । दुर्घटनामा झण्डै २८/२९ जना यात्रु घाईते भएको प्रहरीले बताएको छ ।
बस सडक बाट झण्डै सय मिटर तल खसेको छ । बस कालिगण्डकी किनारमा रहेकाे छ । बसमा रम्भा १ हुँगी अन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए । अन्यकाे उद्दार कार्य जारी रहेका छ |

Related Articles

Leave a Comment