Home » पार्टी एकता र पार्टीको अान्तरिक छलफल केन्द्रित माअाेवादी स्थायी कमिटि बैठक बस्दै

पार्टी एकता र पार्टीको अान्तरिक छलफल केन्द्रित माअाेवादी स्थायी कमिटि बैठक बस्दै

by newnagarikdiary
0 comment

नेकपा माओवादी केन्द्रको अाज स्थायी कमिटी बैठक बस्दै छ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने सचिवालय स्राेतले जानकारी दिएकाे छ ।

नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताको विषयमा भएको छलफल पनि बैठकको एजेण्डामा समावेश गरिएकाे छ ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

अन्य दलहरुसँग वार्तामा ठोस प्रगति नभए पनि नेसपासँग भने छिट्टै एकता हुन सक्ने बताईएकाे छ |

बैठकमा सरकारको कामकारबाही, पार्टीका विभाग र भातृ संगठन पुनर्गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Related Articles

Leave a Comment