Home » नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने कांग्रेस सचिवालयले बताएको छ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय पनि हुनेछ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न इच्छुक रहेसंगै । कांग्रेसले आज आफ्नै उम्मेदवार अघि सार्ने कि यादवलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने सम्भावना छ । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Related Articles

Leave a Comment