Home » नेपालकाे शसस्त्र प्रहरी सिमा सुरक्षा र विपदमा डेडिकेटेड छ, अभाव सामग्रीको पूर्ति गर्छाै: प्रधानमन्त्री दाहाल

नेपालकाे शसस्त्र प्रहरी सिमा सुरक्षा र विपदमा डेडिकेटेड छ, अभाव सामग्रीको पूर्ति गर्छाै: प्रधानमन्त्री दाहाल

by newnagarikdiary
0 comment

प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरीमा कायम स्रोत र साधनको अभावलाई सरकारले समाधानमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने दाहालले बताएका छन् |

२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाएका छन्|

प्रचण्डले राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशसंनीय रहेको पनि बताए । २०७२ सालको विनाशकारी महाभूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपदमा आफ्नो ज्यानको प्रवाह नगरी सशस्त्र प्रहरी बहादुरीपूर्वक खटिएको स्मरण गर्दै प्रचण्डले मुक्तकण्ठले प्रशंसा गरे ।

यस्तै नेपालको सीमा सुरक्षार्थ डेडिकेटेड फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता र सीमित पूर्वाधारका वावजुद सशस्त्र प्रहरीले राम्रो काम गरेको प्रचण्डले बताए ।

प्रचण्डले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मन मष्तिस्क जित्ने गरी काम गर्न पनि सो क्रममा सशस्त्र प्रहरीलाई शुभकामना दिए ।

Related Articles

Leave a Comment