Home » नागरिकता पुन प्राप्तिका लागि रवि पुगे काठमाडौं प्रशासन

नागरिकता पुन प्राप्तिका लागि रवि पुगे काठमाडौं प्रशासन

by newnagarikdiary
0 comment

निर्वतमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमार्फत् नागरिकता प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहरिएका लामिछाने नागरिकता पुनः प्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

अदालतको फैसलापछि लामिछानेले गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट राजीनामा दिएका थिए।

उनले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको सर्वोच्चले ठहर गरेको थियो ।

Related Articles

Leave a Comment