Home » देशभर बढ्यो चिसो, वायु मण्डलको तल्लो तह तुँवालोले भरियो

देशभर बढ्यो चिसो, वायु मण्डलको तल्लो तह तुँवालोले भरियो

by newnagarikdiary
0 comment

देशभर चिसो बढ्दै गएको छ । बायुमण्डको तल्लो तहमा तुँवालो भरिदाँ चिसो बढ्न गएको हो । विगत तिन दिन देखि काठमाडौ उपत्यका लगायत देशभरका स्थानहरुमा चिसो बढेको छ भने घाम मधुरो लागेको छ । पश्चिम भारत बाट भित्रिएकोको वायु प्रदुषण र काठमाडौं उपत्यकाको आफ्नै स्रोत बाट सिर्जित प्रदुषणले वायु मण्डलको तल्लो तह तुँवालोले भरिएको छ । माथिल्लो तहमा अफगानिस्तान देखी पाकिस्तान र कश्मीर हुँदै हल्का बादल छ । त्यसैले घाम राम्रो संग नलाग्नु र चीसो बढ्नु स्वाभाविकै भएको मौसम विद उज्ज्वल उपाध्याय बताउँछन् ।

सोमबार देखी बायुमण्डमा भएको तुवालो र बादल कम हुने भएकाले दिनको समयमा घाम लाग्ने र अली न्यानो महशुश हुने उपाध्याय बताउँछन् । चिसो बढेपनि अझै एक हप्ता वर्षाको सम्भावना छैन । यसपाली “ला–निना” मौसमी प्रणाली सकृय रहेकोले हिउँद औषतभन्दा सुक्खा हुने अनुमान छ ।

Related Articles

Leave a Comment