Home » देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

देउवाले बोलाए केन्द्रीय कार्यसमितिको बैठक

by newnagarikdiary
0 comment

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

संसदमा सबैभन्दा ठूलो दल बनेर पनि सत्ता गुमाउन पुगेको कागे्रसले पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन । बैठकमा विविध विषयलाई जोडतोडका साथ उठाउने असन्तुष्ट पक्षको तयारी रहेको बुझिएको छ ।

काँग्रेसभित्र विशेष अधिवेशनको माग समेत उठेको मात्र छैन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्वको अदूरदर्शी कदमले काँग्रेस सत्ता बाहिर रहने अवस्था आएको भन्दै सार्वजनिक रुपमै बोल्न थाली सकेका छन् । पुस २२ गते दिउँसो १ बजे सानेपामा बस्ने बैठकमा आम निर्वाचनको समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।

Related Articles

Leave a Comment