Home » दृश्यका देवता’ (गड अफ साइट) डा सन्दुक रूईतले पाए १३ कराेड राशिकाे अन्तरास्ट्रिय पुरस्कार

दृश्यका देवता’ (गड अफ साइट) डा सन्दुक रूईतले पाए १३ कराेड राशिकाे अन्तरास्ट्रिय पुरस्कार

by newnagarikdiary
0 comment

डा सन्दुक रूइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएको छ |

डा. सन्दुक रुइतलाई प्रदान गरिएकाे एशा अवार्ड
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्ड अन्तर्गत मानवीय सेवातर्फको विधामा उहाँलाई सम्मान गर्न लागिएको हो ।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् १३ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नुहुनेछ ।
काठमाडौं : नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको मोबाइलमा मंगलबार दिउँसो ३ बजेतिर टिङटिङ घन्टी बज्यो। बधाईसहितको म्यासेज (सन्देश) पढ्दा उनको मुहार उज्यालो भयो। त्यो खुसी तत्कालै पत्नी नन्दालाई बाँडे। त्यसपछि सवारी साधन चढेर आफू संस्थापक रहेको तिलगंगा आँखा अस्पताल पुगे। सहकर्मी चिकित्सकसँग डा रूईतले सभाहलमा खुसी साटे।

डा. रुइतले  अपनाइरहेको  आँखा उपचार पद्धति (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) हो। उनको यो ‘नेपाल टेक्निक’ले विश्वमा चर्चा पाइरहेको छ। बहराइनको राजधानी म्यान्मामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा धेरै जना कौतुहलमा थिए। समारोहमा उपस्थित त्यहाँको राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणमा डा. रुइतले गरेको कल्याणकारी कामका लागि उनलाई छनोट गरिएको जानकारी दिएका छन् । 

डा. रुइत मोतीबिन्दुको शल्यक्रियाका लागि सूक्ष्म पद्धति उपयोग गर्छन्। उपचारको यो सजिलो पद्धति नेपालसहित विभिन्न मुलुकमा स्थापित छ। चीनका विभिन्न भूभाग, बंगलादेश, भुटान, भारत, क्याम्बोडिया, म्यानमार, थाइल्यान्ड, इन्डोनेसिया, उत्तर कोरियामा निकै स्थापित छ। दक्षिण अमेरिकाबाट नेत्र चिकित्सक तालिम लिन नेपाल आउने गर्छन्। 

आफ्नै हातले १ लाख ३० हजार जनाको मोतीयाबिन्दु शल्यक्रिया गरेका डा. रुइत ‘दृश्यका देवता’ (गड अफ साइट)का रुपमा परिचित छन्। युनिभर्सिटी अफ मायामीका कानुन प्राध्यापक जोन पलसनको नेतृत्वमा रहेको जुरीले डा. रुइतलाई छनोट गरेको हो। सात जनाको जुरीले अवार्डका लागि सुरुमा १ सय ४५ व्यक्ति र संस्थालाई नोमिनेसनमा गरेको थियो।

Related Articles

Leave a Comment