Home » दाङको तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी

दाङको तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी

by newnagarikdiary
0 comment

दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा आगलागी भएको छ । दाङको घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको जनाईएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ गरी तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको हो । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

Related Articles

Leave a Comment