Home » थापाथलीमा दुर्घटना, पैदलयात्रीको मृत्यु

थापाथलीमा दुर्घटना, पैदलयात्रीको मृत्यु

by newnagarikdiary
0 comment

काठमाडौंको थापाथलीमा आईतवार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजेर १५ मिनेटमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

Related Articles

Leave a Comment