Home » तानसेन बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

तानसेन बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

by newnagarikdiary
0 comment

शिर्षक: तानसेन बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

यही फागुन १३ गतेदेखी दिउसो र राति गरी दुई पटक सडक बन्द गर्न लागिएको हो । दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजे सम्म सडक बन्द गर्ने निर्णय जिल्ला राजमार्ग सुरक्षा समितीको जानकारी दिएको छ ।
तानसेन बुटवल सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि तिनाउ जलविधुतको ड्याममाथि सडक डाइर्भसन निर्माण गर्न दैनिक ८ घण्टा सडक बन्द गरी काम सुरू गरिएको हो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्वतयारीको काम गरिरहेको छ । सिद्धवावा मन्दिरदेखि रामापिथेकस पार्कसम्म १ हजार १ सय २६ मिटर दुरी रहेको सुरुङको पूर्वतयारीको काम सुरु भईसकेको छ ।

सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोटहुँदै बेलबास सडक मार्ग संचालनमा ल्याईनेछ ।

सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डीपीआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ ।

Related Articles

Leave a Comment