Home » डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको भन्दै विरोधमा प्रदर्शन

डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको भन्दै विरोधमा प्रदर्शन

by newnagarikdiary
0 comment

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा.तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनको पक्षमा काठमाडौँ माइतीघरमा प्रदर्शन गरिएको छ ।

कार्कीलाई आयोगले अन्याय गरेको भन्दै उनको समर्थनमा नाराबाजीसमेत गरिएको छ । कार्कीले आज नै आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस समेत गरेकी छन् । आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा.कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो ।

सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण कागजातहरू पठाएको थियो । बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।

Related Articles

Leave a Comment