Home » ठुलो सरकारी अस्पतालको अवस्थाः ६ वर्षदेखि सिटी स्क्यानसेवा बन्द, बिरामीलाई सास्ती

ठुलो सरकारी अस्पतालको अवस्थाः ६ वर्षदेखि सिटी स्क्यानसेवा बन्द, बिरामीलाई सास्ती

by newnagarikdiary
0 comment

गण्डकी प्रदेशकै ठुलो सरकारी असपताल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बिगत ६ वर्षदेखि सिटी स्क्यानसेवा नहुदाँ बिरामीहरुले सास्ती पाएकाछन् । यस अस्पतालमा ६ वर्षदेखि सिटी स्क्यानसेवा छैन । सिटी स्क्यान मेसिन बिग्रिएपछि अस्पतालले न नयाँकिनेको छ, न पुरानो मर्मतनै गरेको छ । यहाँ आउने बिरामीलाई चिकित्सकहरुले बाहिर अन्य अस्पतालमा रिफर गरिरहेका छन् । सटी स्क्यान मेसिन नहुदाँ यस अस्पतालमा दैनिक सयौंले दुखझेलिरहेका छन् ।
अस्पतालले सिटी स्क्यानकोठामा अहिले ठूलो भोटे ताल्चालागेको छ कास्की सहित पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, तनहुँ लगाएत आसपासका जिल्लाबाट यहाँ उपचारकालागि बिरामी आउँछन् । सरकारी अस्पतालमा सस्तो हुने भन्दै उपचार गराउन यहाँ दैनिक सयौँ बिरामीहरु आउछन् तर यस सरकारी अस्पतालले बिरामीलाई उल्टै सास्ती दिएको छ । सिटिस्क्यान मेशिन बिग्रेर बसेको ६ बर्ष हुदाँ पनि अस्पतालका निर्देशक डा. भरत बहादुर खत्रीले भने सिटी स्क्यानल्याउने सबै प्रक्रियासकिएकाले छिट्टै मेसिन आउने बताउनुहुन्छ ।
यहाँदैनिक ओपिडीमा ५ सय सम्मको उपचार हुने गर्दछ । ५ सय शैया भए पनि अहिले यो अस्पतालमा जम्मा ३ सय ५१ बेडमात्र छन् । ‘४ महिनाअघि ७ करोडमा सिटस्क्यान मेशिन खरिद गर्न बोल पत्र आह्वान भएको थियो । तर अहिँले सम्म सिटी स्क्यान मेशिन नआउदाँ नत अस्पताल प्रशासन बोलेको छ न त सरकारले यस बिषयमा स्ष्टीकरणनै सोधेको छ । गण्डकी प्रदेशकै ठुलो सरकारी असपतालमै लामो समय देखि सिटिस्क्यान मेशिन नहुदाँ बिरामीले दुख पाईरहदा पनि सरकारी निकाय यस्तो गम्भिर बिषयमा पनि मौन बसेको छ ।

Related Articles

Leave a Comment